Section 23
मुद्दा नचलाइने
:आधिकारिक ट्रेड यूनियन वा त्यस्तो ट्रेड यूनियनको पदाधिकारीले यो ऐन वा श्रम ऐन, २०४८ को प्रकृया पूरा गरी सामूहिक सौदावाजी गर्ने सन्दर्भमा कुनै कार्य गर्दा प्रतिष्ठानलाई कुनै असर पर्न गएको रहेछ भने पनि त्यस कुरालाई लिएर त्यस्तो ट्रेड यूनियन वा पदाधिकारीको विरुद्धमा कुनै पनि अदालतमा मुद्दा चलाइने छैन ।